एमाले महासचिव शंकर पोखरेल भन्छन्-‘मंसिर ४ पछि केपी ओली नै प्रधानमन्त्री बन्छन्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र १३, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १३, काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर ४ को चुनावपछि अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुन् दावी गरेका छन् । चुनावी तयारीबारे एमाले केन्द्रीय प्रचारविभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले आगामी निर्वाचनमा पार्टी एक्लैले बहुमत ल्याउने र जनताको अभिभावक केपी ओली नै भएको दाबी गरेका हुन् ।

उनले भने, ‘जनताको अभिभावक केपी ओली नै हुन्। त्यसैले हामीले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका छौँ । हामीले एकल बहुमतको अपेक्षा गरेका छौँ।’ नेता पोखरेलले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शक्तिबीच हुने दावी गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस