आज केही ठाउँमा ठूलो र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र १५, बुधबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र १५, काठमाण्डौ । मनसुनी न्यून चापीय प्रणाली सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी पर्न थालेको छ । गएराति चितवन, मकवानपुर, महोत्तरी, कास्की, सुनसरी, तनहुँ लगायतका जिल्लामा ठूलो वर्षा भएको छ ।

महोत्तरीमा अहिले पनि ठूलो पानी परिरहेको मौसमविद् मन्जु बासीले बताउनुभयो । उहाँका अनुसार मनसुनी न्यूनचापीय प्रणाली पूर्वदेखि पश्चिमतर्फ सर्दैछ । यसकै प्रभावका कारण पानी परेको हो । बिहान काठमाण्डौसहित केही जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको थियो । अहिले पानी पर्न रोकिए पनि दिउँसो फेरि वर्षा हुने अनुमान गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस