प्रतिनिधि सभाको सिट बाँडफाँट आज टुंग्याउने

भाद्र १५, काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले प्रतिनिधि सभाको सिट बाँडफाँटलाई आज टुंग्याउने तयारी गरेका छन् । सो तयारी अनुसार गठबन्धनमा आबद्ध दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक आज बस्दै छ ।

गठबन्धनका शीर्ष नेताहरुको बैठक आज ५ बजे बोलाइएको छ । गठबन्धनका नेताहरुको बैठक बस्नुअघि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बिहान ९ बजे बालुवाटारमा बस्दै छ । कांग्रेसले कति सिट दाबी गर्ने भनेर साझा धारणा बनाउन शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । सोही धारणा अनुसार गठबन्धनको बैठकमा प्रस्तुत हुने नेपाली कांग्रेसका एक नेताले बताए ।

संम्बन्धित समचार

Leave a Reply