दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु, १२ जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र १५, बुधबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र १५, काठमाण्डौ । दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ। गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ। घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस