पल शाह प्रकरण: आजपनि हुन सकेन् सुनुवाई

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ भाद्र १५, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १५,काठमाडौँ । अभिनेता पल शाहविरुद्धको मुद्दामा बुधवार सुनुवाइ हुने भनिएपनि स्थगित भएको छ । न्यायाधीश दलबहादुर केसी बिदामा बसेकाले शाहको मुद्दमा सुनुवाइ हुन नसकेको तनहुँ जिल्ला अदालतमा श्रेष्तेदार मिनबहादुर कुवँरले जानकारी दिए ।

सो मुद्दा बुधवार सुनुवाइका लागि गोला तान्दा शाहको बेञ्चमा मुद्दा परेको थियो । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता शाहको पेशी पटक पटक सर्दै आएको छ । उनीविरुद्ध नवलपुर अदालतमा सुनुवाइ हुँदै आएको छ ।

नवलपुरमा २१ भदौका लागि पेशी तोकिएको छ । गत ३० चैत देखी थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस