प्रतिनिधि र प्रदेशसभा निर्वाचन सुरक्षाका लागी आवश्यक मतपत्र छपाइस्थलमा सेना परिचालन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र १६, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र १६, काठमाण्डौ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागी आवश्यक मतपत्र छपाइस्थलमा सेना परिचालन गरिएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी छ । त्यहाँ सेनाले सुरक्षाको जिम्मेवारी लिइसकेको छ ।

मतपत्र छपाई र स्थलको सुरक्षामा सैनिक टोली खटाइएको नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालले रातोपाटीलाई बताए । प्रवक्ता सिलवालले भने– ‘मतपत्र छपाइ सुरक्षास्थलमा सेनाको टिमले आफ्नो जिम्मेवारी लिइसकेको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस