अनलाईन स्टोरबाट समान खरिद गर्दा जनता बैंकको भीसा कार्डबाटै भुक्तानी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष २, सोमबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस २,काठमाडौँ । ईन्टरनेटको प्रयोगमाभएको बृद्धीसंगै सोको माध्यमद्धारा बजारमा बिभिन्न किसिमका बस्तु तथा सेवाको खरिद बिक्रि पनि बढ्दो क्रममा रहेको छ । समय अनुरुप आफ्नो सेवा विस्तार तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले जनता बैंकले आफ्ना ग्राहकहरुलाई ईन्टरनेट मार्फत गरिएको वस्तु तथा सेवाको खरिदमा कार्डमार्फत तुरुन्त भुक्तान गर्न सकिने सेवाको शुरुवात गरेको छ ।

जनता बैंकका कार्ड होल्डरहरुले अबदेखि नेपाल र भारतका विभिन्न अनलाइन स्टोरहरुबाट समानखरिद गर्दा बैंकको कार्ड नं. उल्लेख गरेर तुरुन्त भुक्तानी गर्न सक्नेछन् । यो सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा आफ्नो इमेल तथा मोबाईलमा छुट्टै पिन नम्बर प्राप्त गर्ने छन्, जसले गर्दा कार्ड कारोबारलाई अझै सुरक्षित बनाउने छ । सो सेवा लिनका लागि ग्राहकसंग बैंकको डेविट वा क्रेडिट कार्ड भएको हुनुपर्ने छ । यो सेवाप्रयोग गरे बापतकुनै थप शुल्कतिर्नु नपर्ने व्यवस्था गरिएको छ ।
साथै बैंकले विदेश स्थितविश्वविद्यालय÷कलेजसंग सम्बन्धिबिभिन्नशुल्कहरु सम्बन्धित विश्वविद्यालय÷कलेजको खातामा सोझै जम्मा गर्न सकिने सेवाको समेत शुरुवात गरेको छ ।

भिसा इन्टरनेशनलको ‘भेरिफाइडबाई भिसा’मा आधारित यो प्रविधिबाट गरिएको अनलाइनकार्ड कारोबार पूर्ण सुरक्षित रहेको छ । यस सेवामार्फत सुरक्षित रुपमा नगद रहित कारोवारलाई प्रोत्साहन गर्नुको साथै विदेशमा अध्ययन गर्ने विद्यार्थीहरुलाई झन्झट रहित भुक्तानीको अवसर प्राप्त हुने विश्वास लिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस