‘काठमाडौमा मोनोरेल सरर….’ बुधबार डिपिआर सम्झौता, २ बर्षमा सन्चालनमा आउने

पुस ३,काठमाडौँ । काठमाडौमा मोनोरेलको डिपिआर सम्झौता हुने निश्चित भएको छ । निर्माणबारे नेपाल र चिनियाँ अधिकारीहरूबीच वार्ता भइरहेको छ । काठमाडौमा मोनोरेलको आगामी बुधबार डिपिआर सम्झौता हुने अनलाईन केन्द्रलाई स्रोतले जानकारी दिएको छ ।

सिआरसिसी चाईनिज कम्पनीले ६ महिना भित्र डिपिआर तयार गर्नेछ । चिनिया कम्पनीले आफै लगानी गरेर सन्चालन गर्ने बताइएको छ ।
चिनियाँ अधिकारीहरू सम्झौताका लागी मंगलबार आउदैछन ।

रेलमार्ग कुन आर्थिक मोडलमा बनाउने भन्ने विषयमा पनि निर्णय अन्तिम चरणमा पुगिसकेको छ ।

टेण्डर भएको ३ वर्षभीत्र काठमाडौमा मोनोरेल

काठमाडौ महानगरपालिकाले टेण्डर भएको ३ वर्षभीत्र काठमाडौमा मोनोरेल संचालनमा ल्याउनका लागि डिपीआरको तयारी भइरहेको जनाएको छ ।

काठमाडौ महानगरपालिकाले चक्रपथमा मोनोरेल संचालनका लागि डीपीआरका कामका लागि चिनियाँ निर्माण कम्पनी चाइना रेल्वे २५ औँ ब्यूरो ग्रुप कम्पनी लिमिटेड सिआरसिसी कम्पनीले प्रतिवेदनमाथी अध्ययन गर्दै डीपीआरको तयारी गरिरहेको थियो ।

डीपीआर भए लगतै महानगरपालिकाले टेण्डर आह्वान गरिने महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन।

सिआरसिसीले काम शुरु गरेको तीन वर्षभित्रमा सम्पन्न गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । कूल २७ दशमलव पाँच किलोमिटरको चक्रपथमा सो कम्पनीले करीब २१ स्थानबाट यात्रु चढाउने र ओराल्ने स्टेशन बनाउने पनि प्रतिवेदनमा उल्लेख छ ।

मेयर शाक्यले आफ्नै कार्यकालमा काठमाडौँवासीले मोनोरेल चढ्ने सपना पूरा गर्न आफु लागिपरेको बताएका छन् ।

संम्बन्धित समचार

Leave a Reply