मोरङ ३ (ख) मा नेकपा एमालेबाट इञ्जिनियर रोकाहासहित ४ उम्मेदवार सिफारिस

भाद्र १९,काठमाडौँ । नेकपा एमाले मोरङले क्षेत्र नम्बर ८ (ख) मा सम्भावित उम्मेद्धारहरुको सुची सिफारिस गरेको छ । आकांक्षीहरुको सुचीमा नेकपा एमाले केन्द्रिय बिज्ञान तथा प्रविधी बिभागका सचिव र प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनका केन्द्रिय उपाध्यक्ष समेत रहेका सन्जिब रोकाहा सहित हालका प्रदेश सभा सदस्य राज कुमार ओझा , बेलवारी नगरपालिकाका पुर्व नगरप्रमुख ज्ञानेन्द्र सुवेदी , नेता सुरेन्द्र थापा , नेता राजकुमार बस्नेतको नाम शनिबार बसेको प्रदेस निर्वाचन क्षेत्र कमिटीको बैठकले सिफारिस गरेको छ।

त्यस्तै उक्त क्षेत्रबाट धना तामाङ , गीता सिबा , बासु थापा लगायत समानुपातिक उम्मेदवारको सुची समेत सिफारिसमा गरेको छ । राष्ट्यि राजनिती र केन्द्रमा राम्रो सम्बन्ध बनाएका इन्जिनियर रोकाहालाई भुगोल कमीटीले प्रत्यक्षमा सिफारिस गरेपछी बुद्धिजिवी वर्ग , प्राविधिक वर्ग उत्साहित भएको छ । बिकास र सम्मृद्धीको मोडल बिकास गर्न क्रियासिल इन्जिनियर रोकाहा युवाहरुबीच लोकप्रिय छन । विभिन्न नवीन योजना बिकासमा संलग्न रोकाहालाई पार्टीले निर्वाचनमा अगाडि सारे सारा बुद्धिजिवी र इन्जिनियर समाज तथा युवाहरुको साथ सहयोग रहने विश्वास गरिएको छ।

संम्बन्धित समचार

Leave a Reply