‘आगामी निर्वाचनपछि ओलीको नेतृत्वमा सरकार बन्छ’ : पृथ्वीसुब्बा गुरुङ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ भाद्र १९, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १९, काठमाण्डौ । नेकपा एमालेका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले बहुमत प्राप्त गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने बताएका छन् । नेकपा एमाले लमजुङको आज बेसीशहरमा आयोजित पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका गुरुङले विकास र समृद्धिका विस्तृत योजनाका साथ चुनावमा जाने तयारी भइरहेको समेत बताएका छन् । एकल बहुमतसहित विजय प्राप्त गर्न पार्टीले ‘एक संगठित सदस्य दुई नयाँ भोट वृद्धि र पाँच भोटको सुरक्षा’ अभियान अगाडि बढाएको उनको भनाइ छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस