‘बोलिदे न पापी मन’ लिएर आए भजनस्टार सशान र उन्नति

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ भाद्र १९, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

काठमाण्डौ । अहिलेका नयाँ पुस्तादेखि वृद्धवृद्धा, बालबालिका सबैलाई भजनमार्फत मोहनी लाउन सफल भएका छन् सशान कँडेल । अझ भनौँ उनी पछिल्लो समयका चर्चित भजन गायक हुन् । उनै भजन स्टार सशान कँडेलको पछिल्लो भजन ‘बोलिदे न पापी मन’ सार्वजनिक गरिएको छ । रिलिजसँगै सबैतिरबाट चौतर्फी माया यो भजनले पाएको छ ।

सशानलाई यो भजनमा गायिका उन्नती कँडेलले साथ दिएकी छिन् । चर्चित भजन गायक हिरालाल कँडेलको आफ्नै सुपुत्री हुन उन्नती । उनको पनि यो क्षेत्रमा एकदमै सम्भावना देखिएको छ । निकै नै मिठास र कर्णप्रिय रहेको छ उनको स्वर । सम्बन्धमा सशान र हिरालाल कँडेल दाजुभाइ पर्छन ।

हिरालालकै शब्द संगीतमा तयार पारिएको यो भजनलाई सन्जय हमालले संगीत संयोजन गरेका हुन् । भजनको भिडियोलाइ निकै नै उत्कृष्ट ढङ्गले छायांकन गरिएको छ । सम्पूर्ण कलाकारहरुको उत्कृष्ट अभिनयले सुनमा सुगन्ध थपिदिएको छ ।

दिपक गौतम, प्रदिप ओझा, प्रकाश सापकोटा, पुस्पा आचार्य लगायत कलाकारहरुको उत्कृष्ट अभिनयले सजिएको भिडियोमा दीपक गिरिको छायांकन, विकाश दाहालको सम्पादन अनि स्वयम सशान कै निर्देशनमा तयार भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस