सुनसरी-३ मा विजयकुमार गच्छदारको एकल नाम सिफारिस

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ भाद्र १९, आईतबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र १९, काठमाण्डौ । सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका विजयकुमार गच्छदारको एकल नाम सिफारिस भएको छ । कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ को बैठकले भ्रष्टाचार आरोपमा सांसद पदबाट निलम्बित गच्छदारको एकल नाम सिफारिस गरेको हो ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि गच्छदार निलम्बन परेका हुन् । उक्त मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन छ ।

ताजा अपडेट

खोजी गर्नुहोस