राजेन्द्र लिङ्देनद्वारा प्रतिनिधि सभा सदस्य त्याग गरेको घोषणा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ भाद्र १९, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १९, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा सदस्य त्याग गरेको घोषणा गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा विषय समय लिएर बोल्दै लिङ्देनले प्रतिनिधि सभाको म्याद लम्ब्याउन खोजिएको भन्दै प्रतिनिधि सभा सदस्य त्याग गरेको घोषणा गरेका हुन् । उनले सांसदको रूपमा सदनमा उपस्थित नहुने र आफ्नो नाममा आउने तलबभत्ता तथा सुविधा रोक्न सभामुखसमक्ष आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस