गुठीको अर्बौँ जग्गा बेच्ने महन्त १५ लाख धरौटीमा रिहा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष ३, मंगलबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पुस ३,जनकपुर । गुठीको अर्बौँको जग्गा बिक्री गरेको जनकपुर रत्नसागर कुटीका महन्त बैकुण्ठ दास १५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । धनुषा जिल्ला अदालतले सोमबार उनलाई १५ लाख रुपैयाँ धरौटी रिहा गर्ने आदेश दिएको हो ।

जनकपुरधाममा रहेको जनक हजारी विद्यापीठको २ बिघा ११ कट्ठा जग्गाको कागज किर्ते गरी अशोक शर्माको नाममा मोही कायम गरेर बेचबिखन गरेको अभियोग लागेर फरार रहेका महन्त गएको मंसिर १९ गते साँझ काठमाडौंको पुतली सडकको एक गेष्ट हाउसबाट पक्राउ परेका थिए ।

सरकारी कागज किर्ते र ठगी मुद्दाका अभियुक्त दासलाई जिल्ला अदालत धनुषाले धरौटीमा रिहा गरेको छ भने उनीसँगै सरकारी कागज किर्ते र ठगी मुद्दाका अर्का अभियुक्त अशोक शर्मालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश राजेश कटवालको एकल इजलासले महन्त दासलाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेलगत्तै उनी धरौटी बुझाएर थुनामुक्त भएका छन् ।

हजारी जनक संस्कृत विद्यापीठकासमेत महन्त रहेका दासले नक्कली लालपूर्जा बनाएर जमिन बेचेको भन्दै एक व्यक्तिले आफ्नो बेचिएको जग्गा आफ्नो नाममा रहेको दाबी गर्दै धनुषा जिल्ला अदालतमा मुद्दा हालेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस