श्रृजनशील लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ?

भाद्र २०, काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर आईपीओ भर्ने भदौ १९ गते, अन्तिम दिन थियो । सिडिएसका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिन आइतबारसम्म १९ लाख ५ हजार १ सय ८६ जना लगानीकर्ताहरूले २ अर्ब ९ करोड ६४ लाख ५ हजार रूपैयाँ बराबरको २ करोड ९ लाख ६४ हजार ५० कित्ताका लागि आवेदन दिएका छन् ।

संस्थाले प्रतिकित्ता ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्काशन गर्न लागेको सेयरको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

संम्बन्धित समचार

Leave a Reply