डेंगुको संक्रमण नियन्त्रणका लागि महानगरको घरदैलो अभियान निरन्तर

भाद्र २०, काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगुको संक्रमण नियन्त्रणका लागि घरदैलो अभियानलाई निरन्तरता दिएको छ। डेङ्गी एडिज जातको संक्रमित लामखुट्टेले मान्छेलाई यो रोग सार्ने भएकोले यसबाट बच्नु नै सबैभन्दा भरपर्दो उपाय हुने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

महानगरले भदौ १३ गते सबै वडा क्लिनिकका इञ्चार्जहरुलाई बोलाएर डेंगु रोकथाम र नियन्त्रणका लागि प्रशिक्षण सञ्चालन गरेको थियो । त्यसको भोलिपल्ट अर्थात् भदौ १४ गतेबाट जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय संघ संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रियात्मक प्रशिक्षण गरेर घरदैलो कार्यक्रम सञ्चालन भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply