सुमार्गीको जिल्ला दौड तिव्र: देशभर किसानलाई उत्साहित बनाउने योजना

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ भाद्र २०, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २०,धनकुटा । उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले जिल्ला भ्रमण तथा कार्यक्रमलाई तिव्र पारेका छन् । सुमार्गीले चन्द्रपुर, लालबन्दी, बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष एवं पदाधिकारीसंग भेटघाट गर्दै जनकपुरधाम उद्योग बाणिज्य संघको ५५ औ साधारणसभामा सहभागिता जनाएका छन् । जनकपुरको कार्यक्रम पश्चात कंचनपुर–फत्तेपुर–चतराधाम–धरान–भेडेटार–धनकुटा–हिले हुँदै पाख्रीबास पुगेका उनले त्यहाँस्थित कृषि अनुसन्धान केन्द्रको अवलोकन समेत गरेका छन् ।

पाख्रीबास नगरपालिकाको आयोजनामा “आयोजित एग्रो टुरिजमको सम्भावना र १०० किसान अभियान संचालन”को बिषयमा अन्तर्कृया कार्यक्रममा सुमार्गी विशेष अतिथीको रुपमा रहेका थिए । कार्यक्रममा उनले सय किसान अभियान,पछिल्लो समय कृषि उद्यम केन्द्रले नेपाल सरकार,कोरिया,इजरायल र विभिन्न संघसंस्थासंग सहकार्य गरेर गरिरहेको कार्यक्रमका विषयमा स्पष्ट पारेका थिए । उनले कृषि उद्यम केन्द्रको अगुवाईमा देशभर किसानलाई उत्साहित बनाउने नयाँ नयाँ योजनाहरु अघि सारिएको समेत प्रष्ट पारेका थिए ।

पुर्व उद्योगमन्त्री सुनिल बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुर्वमन्त्री थापाले उद्योग बाणिज्य महासंघमा सुमार्गीले खेलिरहेको भुमिकाको प्रशंसासमेत गरेका थिए । उनले कृषिको लागि धनकुटा उपयुक्त स्थान रहेकोले कृषि उद्यम केन्द्रको सहयोग अपरिहार्य हुने समेत बताएका थिए । नगर प्रमुख ज्ञानबहादुर गुरुङले कृषि उद्यम केन्द्रसंग आवश्यक सहकार्य गरेर अघि बढ्ने बताउदै नगरपालिकालाई बलियो बनाउन कृषि उत्पादन गर्नुपर्नेमा जोड दिए । सोही अवसरमा नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र र पाख्रीबास नगरपालिकाबीच आधुनिक कृषि प्रणाली भित्र्याउन र १०० किसान अभियान संचालन गर्न एमओयू गर्ने निर्णय समेत भएको छ ।

कार्यक्रमलाई सफल बनाउन जितपुरसिमरा उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण अग्रवाल र मकवानपुर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष कृष्ण कटुवालसमेत सहभागी रहेका थिए । कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष बीजय संतोषी राई र एग्रो टुरिजमको केन्द्र बनाउन निरन्तर लागिरहेका समाजसेवी निलम बहादुर थापाकोसमेत उपस्थिती रहेको थियो ।

सुमार्गीले धरान स्थित सुनसरी उद्योग बाणिज्य संघको समेत अवलोकन गरेका छन् । संघका अध्यक्ष बिजय श्रेष्ठसहित संघका पदाधिकारी हरुको उपस्थितिमा कृषि उद्धम केन्द्रको उदेश्य र बर्तमान समसामयिक बिषयमा उपलब्धि मुलक छलफल भएको सुमार्गीले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस