दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने

भाद्र २०,काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ । आउँदो असोज १५ गते शनिबारका दिन, दसैँको मौका पारेर रंगशालामा साङ्गीतिक महोत्सवको आयोजना हुन लागेको हो । उक्त कन्सर्टमा दि एज ब्यान्ड, नितेशजङ कुँवर, बर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सुबानी मोक्तान, दि एलिमेन्ट्स ब्यान्डडलगायतका कलाकारहरुले प्रस्तुती दिनेछन् ।

उक्त साङ्गीतिक कार्यक्रमले युवा वर्गमा दसैँको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने, वर्षौँदेखि थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायको हौसला बढाउने र नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउने लक्ष्य राखिएको पार्टी नेपालका श्री गुरुङले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । नितेशजङ कुँवरले यस कार्यक्रममार्फत् तीन वर्षपछि स्टेजमा चढ्न पाउँदा आफू असाध्यै खुसी भएको बताएका छन् ।

यस दसैँ महोत्सवको टिकटक प्रतिस्पर्धासमेत राखिएको छ । यसअन्तर्गत १० जनाले पोखरा रिसोर्ट प्याकेज, विभिन्न रेष्टुरेन्टमा डिनर प्याकेज, भिआइपी एक्सेसलगायत पुरस्कारहरु प्रदान गरिनेछ ।

कन्सर्टको आयोजना पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेन्डली मिडियाको संयुक्त आयोजनामा हुन लागेको हो । यसमा २० हजारभन्दा बढी दर्शकको अपेक्षा गरिएको छ । उक्त कन्सर्टको टिकटको मूल्य १ हजार देखि पाँच हजारसम्मको हुने जानकारी दिइएको छ ।

संम्बन्धित समचार

Leave a Reply