मनकामना केबलकार आगामी शनिबारदेखि सञ्चालनमा आउने

भाद्र २०,काठमाडौँ । केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि साउन २३ गतेदेखि बन्द गरिएको मनकामना केबलकार आगामी शनिबारदेखि सञ्चालनमा आउने भएको छ ।

कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको र यस चरणमा स्टेशनका सम्पूर्ण नयाँ पार्टपुर्जा फेरिएको जनाएको छ ।

केबलकारको गोडोलाको सबै ग्रिपहरु फेरिएको, गियर बक्सको चेक तथा अलायन्मेन्ट मिलाउने कार्यका साथै ४ टावरहरुको पार्ट्स फेर्ने, हायड्रोलिक्स सिस्टमको चेक जाँच तथा पार्ट्स फेरिको कम्पनीको भनाइ छ । यसके साथै सम्पूर्ण टावरको निरीक्षण गरी पूर्ण रूपमा टेस्टिंग र कमिशनिङ गर्ने काम पनि गरिएको जानकारी दिएको छ ।

संम्बन्धित समचार

Leave a Reply