परिवर्तन देवकोटा
पुस ३,काठमाडौँ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटवल सडकखन्ड चार लेनमा विस्तार हुने भएको छ । हाल दुई लेनमा रहेको यो सडकखन्ड स्तरोन्नति सडक विभाग अन्तर्गतको एसियाली विकास बैंक (एडीबी) निर्देशनालयले गर्न लागेको हो ।
निर्देशनालयका उपआयोजना निर्देशक सुरेस पौडेलका अनुसार, सडक विस्तारका लागि एडीबीले ऋण सहयोग गर्नेछ । एडीबीले कुल लागतको ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउनेछ भने, बाँकी अपुग रकम नेपाल सरकारले व्यहोर्ने छ । एडीबीले ३२ वर्षका लागि १.५ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउन लागेको हो ।
नारायणगढ–बुटवल सडक खण्डलाई तीन भागमा विभाजन गरि स्तरोउन्नती गरिने निर्देशक पौडेलले बताए । जसमा सहर, जंगल तथा ग्रामीण र पहाड तीन खन्डमा विभाजन गरिएको छ ।
उक्त सडक खण्डमा सहरको हिस्सा २८.७ किलोमिटर छ । सहरी क्षेत्रमा सडक ४३ मिटरसम्म फराकिलो हुनेछ । विस्तारित सडक दुईतर्फ सातरसात मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुन्छ । बिग्रेका सवारी रोक्न साढे दुई मिटरको पक्की सोल्डर पनि बनाइने छ ।
सडकलाई एक अर्काबाट छुट्याउन तीन मिटरको मेडियन बनाइने छ । सडकखण्डको छेउमा रहेका बस्तीका लागि ‘सर्भिस लेन’ समेत निर्माण हुनेछ । सडकको दायाँ र बायाँ साढे ६र६ मिटरको सर्भिस लेन हुनेछ । साथै सडकको दायाँ र बायाँ दुईरदुई मिटरको फुटपाथ निर्माण गरिनेछ ।
जंगल तथा ग्रामीण क्षेत्रमा सडकको चौडाइ २७ मिटरको हुनेछ । विस्तारित सडक दुईतर्फ सातरसात मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुन्छ । बिग्रेका सवारी रोक्न साढे दुई मिटरको पक्की सोल्डर पनि बनाइने छ । सडकलाई एक अर्काबाट छुट्याउनका लागि तीन मिटरको मेडियनसमेत बनाइने छ ।
पहाडी क्षेत्रमा भने तीन लेनको मात्र सडक निर्माण गरिनेछ । लेन साढे तीन मिटरकै हुनेछ । उकालो चढ्ने सवारीका लागि दुई लेन र ओरालो झर्ने सवारीका लागि एक लेन मात्र निर्माण गरिनेछ । सडकको भौगलिक जटिलताका कारण पहाडी क्षेत्रमा तीन लेन मात्र बनाउन लागिएको निर्देशनालयले जनाएको छ । यस भागमा सोल्डरको चौडाइ ०.७५ मिटर मात्र हुनेछ । नारायणगढ–बुटबल सडक खण्ड विस्तार गर्ने जिम्मा चिनियाँ कम्पनीले पाउने भएको छ । नारायणगढ–बुटबल सडक खण्ड विस्तार गर्ने जिम्मा चिनियाँ कम्पनीले बनाउने छ ।