चीनको सिचुवान प्रान्तमा गएको भूकम्पमा परी ६५ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ भाद्र २१, मंगलबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र २१, काठमाण्डौ । चीनको सिचुवान प्रान्तमा गएको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी टेलिभिजन सीसी टिभीले ६५ जनाको मृत्यु पुष्टि भएको र करिब २५० जना घाइते भएको जनाएको हो ।

१२ जना सम्पर्कविहीन भएको समाचारमा उल्लेख छ । सोमबार सिचुवान प्रान्तको राजधानी चेङ्दुमा ६।८ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस