सिक्लेस हाइड्रोपावरको आइपीओ भदौ २९ गतेदेखि आउदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ भाद्र २१, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २१, काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको छ ्र
११ लाख ५० हजार कित्ता शेयरमा ५७ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकिको कित्ता ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि र १० लाख ५८ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

यसमा १० कित्ता देखि १ लाख कित्ता सम्म आवेदन दिन सकिने छ । असोज २ गतेसम्म आईपिओमा आवेदन दिन सकिने छ ्र यसको बिक्रि प्रबन्धक बिओके क्यापिटल रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपिओ बिक्रि गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस