आज थप ३०० जनामा कोरोना संक्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र २१, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २१, काठमाण्डौ । पछिल्लो २४ घन्टामा ३ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ५ सय ९० नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार ९ सय ८१ नमूनाको आरटी पिसिआर विधिबाट परीक्षण गर्दा १७७ र २ हजार ६ सय ९ नमूनाको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज १२४ जना सङ्क्रमणमुक्त भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस