बलात्कार आरोपपछि सन्दीप लामिछानेलाई निलम्बनबारे क्यान अनौपचारिक छलफल गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र २२, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २२, काठमाण्डौ । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ क्यान अनौपचारिक छलफलमा जुटेको छ । बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल चलिरहेको छ । उपत्यका बाहिर रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्द फर्किएपछि उपलब्ध पदाधिकारी तथा बोर्ड सदस्यहरुको बैठक बसेर निर्णय गर्ने क्यानको तयारी छ ।

क्यानका कानुनी सल्लाहकारले अन्तर्राष्ट्रिय अभ्यास र नेपालको कानुनी व्यवस्थाबारे अध्ययन गरिरहेका छन् । क्यान अध्यक्ष चतुर बहादुर चन्दका अनुसार आरोप लाग्नासाथ निलम्बन गर्ने वा दोषी प्रमाणित भएपछि मात्रै कारबाही गर्ने दुबै अभ्यास अन्तर्राष्ट्रिय स्तरमा देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस