दिल्लीमा इतिहासमै सबैभन्दा ठूलो परिमाणको लागुऔषध बरामद

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ भाद्र २२, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २२,काठमाडौँ । भारतको दिल्ली प्रहरीले इतिहासमै सबैभन्दा ठूलो परिमाणको लागुऔषध बरामद गरेको जनाएको छ । झण्डै १२ सय करोड भारतीय रुपैयाँ बराबरको ३ सय १२ किलो मेथाम्फेटामाइन लागुऔषधसहित दुई अफगान नागरिकलाई पक्राउ गरिएको दिल्ली विशेष प्रहरी सेलले जनाएको समाचार संस्था एएनआईले जनाएको छ ।

त्यसैगरी उनीहरूबाट १० किलो हेरोइन समेत बरामद भएको छ । आरोपीहरू नयाँ दिल्लीको कालिन्दी कुञ्ज मेट्रो स्टेशन नजिकैको मेथापुर रोडबाट पक्राउ परेका हुन् । सन् २०१६ देखि भारतमा बस्दै आएका २३ वर्षीय मुस्तफा स्टानिकजा र ४४ वर्षीय रहिमुल्लाह रहिमलाई विदेशबाट सञ्चालित लागुऔषध तस्करको ठूलो मात्रा दिल्लीमा ल्याइने गरेको सूचनापछि पक्राउ गरेको दिल्ली प्रहरीले जानकारी दिएको छ । दुई अफगानी नागरिकलाई पक्राउ गरेपछि लागूऔषधको अन्तर्राष्ट्रिय कारोबारबारे थप खुल्ने र यसबारेमा अनुसन्धान भैरहेको खबरमा उल्लेख छ ।

दिल्ली प्रहरीको स्पेशल सेलले अहिले बरामद गरिएको मेथाम्फेटामाइन इतिहासमै सबैभन्दा धेरै रहेको जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस