पल शाहले उच्च अदालतमा पुनरावेदन गर्ने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ भाद्र २२, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २२,काठमाडौँ । बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएका अभिनेता पल (पूर्णविक्रम) शाहले उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन् ।

नाबालिकामाथि बलात्कारको मुद्दामा मंगलबार नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।

अदालतको पूर्णपाठ आउनै वित्तिकै पुनरावलोकन निवेदन दिने तयारीमा आफूहरु रहेको पलका वकिल कमलामोहन वाग्लेले अनलाइनखबरलाई जानकारी दिए ।

‘फैसलाको पूर्णपाठ आउने वित्तिकै हामी उच्च अदालतमा जान्छौं । पुनरावेदन दिने तयारी अवस्थामा छौं,’ वाग्लेले भने । यसैबीच, तनहुँ जिल्लामा अदालतमा चलिरहेको पलविरुद्धको यस्तै प्रकृतिको अर्को मुद्दाको पेशी आगामी असोज २ गतेलाई तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस