निजगढमा एयरपोर्ट सिटी आवश्यक नभएको संसदीय समितिको ठहर, जग्गा आयोजनाको नाममा सुरक्षित राख्न निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष ४, बुधबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष ४, काठमाडौं । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढमा एयरपोर्ट सिटी आवश्यक नभएको ठहर गरेको छ । एयरपोर्ट सिटीका छुट्याएको जग्गा आयोजनाको नाममा सुरक्षित राख्न सरकारलाई निर्देशन दिएको छ ।

सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलसँगै एयरपोर्ट सिटी बनाउने योजना अघि सारेको छ । विमानस्थलको डीपीआर नबन्दै सरकारले रुख काट्ने निर्णय गरेपछि आलोचना भएको थियो भने संसदीय समितिहरुले चासो देखाए ।

राष्ट्रियसभाको यो समितिले स्थलगत अध्ययन नै गरेर प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा विमानस्थल वरपरका नगरपालिका तथा गाउँपालिकालाई व्यवस्थित एवं आधुनिक शहर बनाउन लगाएमा एयरपोर्ट सिटी आवश्यक नहुने ठहर गरेको छ । यसले अनावश्यक रुख कटान समेत नहुने भन्दै समितिले भनेको छ, हाल एयरपोर्ट सिटीका लागि छुट्याइएको जग्गा आयोजनाको नाममा सुरक्षित राखी आवश्यकता अनुसार प्रयोग गर्ने व्यवस्था मिलाउनू ।’

समितिले विमानस्थल निर्माणको डीपीआर तयार पारी चालु आर्थिक वर्षभित्र स्वीकृत गर्न पनि भनेको छ । उपयुक्त स्थान टुंगो लगाएर धावनमार्गको रुपमा रहने टाँगिया बस्ती स्थानान्तरण थाल्न सरकारलाई निर्देशन दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस