बेलायती महारानीको निधनमा नेपालले ३ दिन शोक मनाउने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ भाद्र २५, शनिबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र २५, काठमाण्डौ । बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपालले तीन दिन शोक मनाउने भएको छ । आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले बेलायती महारानीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको सम्मानमा तीन दिन शोक मनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने निर्णय गरेको हो । यस्तै बैठकले तीन दिन नेपालभरका सरकारी कार्यालय, विदेशमा रहेका नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस