देशभरि डेंगु संक्रमणबाट ५ जनाको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र २६, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २६, काठमाण्डौ । देशभरि डेंगु संक्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ। ललितपुर र काठमाडौंसहित देशभरको ७५ जिल्लामा डेंगु संक्रमण बढ्दै जाँदा यसबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म देशभर ७ हजार ३५६ जना डेंगु संक्रमित भेटिएका छन्।

७ हजारभन्दा बढी डेंगुका बिरामी भेटिँदा डेढ महिनामा ५ जनाले डेंगु संक्रमणकै कारणले ज्यान गुमाएका हुन्। महाशाखाका किटजन्य रोगका फोकल व्यक्ति डा गोकर्ण दाहालका अनुसार गत एक महिनामा देशभर ५ जनाको डेंगुकै कारण मृत्यु भएको पुष्टि भएको र थप ३ जनाको मृत्युचाहीँ डेंगुकै कारण हो होइन भनेर महाशाखाले अनुसन्धान गरिरहेको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस