श्रृजनशील लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ भाद्र २७, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २७, काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गतेदेखि सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आज बाँडफाँट हुँदैछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल कार्यालय कमलपोखरीमा आज बिहान ९ बजे बाँडफाँट हुने भएको हो । कम्पनीले भदौ २३ गते नै प्रिअलमेन्ट सकाएर सोमवार बाँडफाँट गर्ने निर्णय गरेको हो ।

लघुवित्तले भदौ १५ गते देखि १९ गतेसम्म जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस