कच्चा तेलको मूल्यमा उच्च गिरावट,७ महिनायताकै न्यून विन्दुमा

भाद्र २८, काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएको छ।  कच्चा तेलको मूल्यमा उच्च गिरावट भएसंगै यसको मूल्य ७ महिनायताकै न्यून विन्दुमा पुगेको छ।

यसअघि ओपेक प्लस देशहरुले कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेका थिए। यति हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा दबाब छ र यो तल्लो तहमा छ।

आज सोमबार कच्चा तेल डब्ल्यूटीआई लगभग १.५ प्रतिशतले घटेर ८५.४९ डलर प्रतिब्यारेलमा झरेको छ। यो तेलको मूल्यमा ठूलो गिरावट हो।

चीनका धेरै ठाउँमा लकडाउन लगाइएको छ। यसले विश्वको सबैभन्दा ठूलो तेल आयात गर्ने देशको तेलको मागमा पनि असर गरेको छ।

अर्कोतर्फ ब्रेन्ट आयल प्रतिब्यारल १.३५ प्रतिशतले घटेर ९१.५९ डलरमा कारोबार भइरहेको छ।

संम्बन्धित समचार

Leave a Reply