मंगलबार सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ भाद्र २८, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २८, काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य आज ९३ हजार रुपैयाँ कायम भएको हो ।

हिजो सोमबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १ हजार १८५ रुपैयाँ कायम भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस