महाअभियोग सिफारिस समितिको बैठक बस्दै, जबरालाई पूरक प्रश्न शोधिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र २९, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २९,काठमाडौँ । महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय गर्ने तयारी छ । गएको फागुनमा प्रतिनिधि सभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग भदौ १५ गतेदेखि महाअभियोग सिफारिस समितिले बयान लिएको हो । समितिले पाँच दिन लगाएर जबरालाई ४३ प्रश्न सोधेको छ ।

बयानका क्रममा जबराले आफूमाथि लगाइएको महाअभियोग प्रस्तावको औचित्य सकिएको दाबीसहित सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, राजनीतिक दलमाथि नै विभिन्न आरोप लगाएका थिए । अब आज बयानका क्रममा जबराले व्यक्त गरेका भाषा, विषय र व्यक्ति–निकायबारे प्रतिप्रश्न गरिने समिति सदस्य मीन विश्वकर्माले जानकारी दिएका छन् । यसैबीच, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आरोप लगाएका व्यक्तिलाई पनि समितिले बयानको लागि बोलाउने भएको छ ।

बयानका क्रममा जबराले नाम लिएका विभिन्न दलका नेता, न्यायाधीश, पूर्व प्रधानन्यायाधीशहरु, वरिष्ठ अधिवक्ता, बार एसोसिएशन, सर्वोच्च बार एसोसिएशन लगायतका पदाधिकारीलाई पनि बयानमा बोलाउने समितिको तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस