प्रतिनिधि सभा बैठक १ बजे बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र २९, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २९, काठमाडौं । प्रतिनिधि सभाको बैठक १ बजेलाई सारिएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारणबस सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको बताएको छ । त्यस्तै कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस