अदालतको न्यायाधीशमा सिफारिस तीन जनाविरूद्ध उजुरी दिन आह्वान

भाद्र २९, काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस तीन जनाविरूद्ध उजुरी दिन आह्वान गरेको छ। समितिले न्यायाधीशमा सिफारीस भएका नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन दिनानाथ पराजुलीविरुद्ध उजुरी दिन आह्वान गरेको हो ।

सूचनामा भनिको छ, ‘उक्त पदमा उहाँहरूलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित मिति २०७९ असोज ७ गते कार्यालय समयभित्र यस समिति समक्ष सूचना वा उजुरी दिन सकिने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ। यस्तो सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने व्यहोरा समेत जानकारी गराइन्छ।’

संम्बन्धित समचार

Leave a Reply