नागरिकता विधेयक प्रमाणीकरण रोक्न सर्वोच्च अदालतमा रिट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र ३०, बिहिबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

भाद्र ३०, काठमाडौं । संसद्को दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण गर्न नहुने भन्दै त्यसलाई रोक्नका लागि सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता डा। सुरेन्द्र भण्डारीले रिट दायर गरेका हुन् ।

अधिवक्ता डा भण्डारीले प्रतिनिधिसभामा उत्पन्न भएर प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैबाट पारित भएको नागरिकता विधेयक संविधानको मर्मको प्रतिकूल भएको हुँदा, त्यस्तो विधेयकमा पूर्णरुपमा छलफल नभई राष्ट्रपतिबाट प्रमाणीकरण हुन हुँदैन भन्दै राष्ट्रपतिको नाममा परमादेश र प्रतिषेधको आदेश माग गर्दै बिहीबार रिट दायर गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस