जबराविरुद्धको महाभियोग सिफारिस समितिले प्रतिवेदनलाई अन्तिम रूप दिने

असोज १, काठमााडौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ । सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले शनिबारको बैठकले प्रतिवेदनको सम्बन्धमा निर्णय गर्ने बताएका छन् । जबराले आफ्नो बयानको लिखित प्रतिमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि शुक्रबार दिनभर कर्मचारीले बयान पढ्ने र चोलेन्द्रले पानैपिच्छे हस्ताक्षर गर्ने क्रम चलेको थियो ।

शनिबार पनि बयानको लिखित प्रतिको बाँकी पृष्टमा जबराले हस्ताक्षर गर्नेछन् । अघिल्लो बैठकमा जबराले ६५ पृष्टमा हस्ताक्षर गरेका थिए। उनको बयान १७४ पृष्टको छ । प्रवक्ता गौतमले जबराको बयानलाई लिपिबद्ध गर्ने काम आधा सकिएकोले आज नै त्यसलाई अन्तिम रूप दिने बताए । जबराको सम्पत्ति विवरण पनि समितिलाई प्राप्त भएको र समितिका सदस्यले त्यसलाई हेरिरहेको उनको भनाइ छ ।

संम्बन्धित समचार

Leave a Reply