‘नेपालमा गठबन्धनको प्रक्रिया लामै समय जारी रहन सक्छ’: सम्मानित नेता खनाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन १, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आश्विन १,काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनको राजनीतिप्रति कसैले पनि नकारात्मक हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

नेपालमा गठबन्धनको राजनीति सबैले गरिरहेकाले त्यसलाई नकारात्मक रुपमा लिन नमिल्ने नेता खनालको तर्क थियो । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको हरेक राजनीतिक परिवर्तन गठबन्धनबाटै सम्भव भएको उल्लेख गर्दै अब पनि नेपालमा गठबन्धनको राजनीति लामै समय रहने जिकीर समेत गरे । अहिले पनि कोहीले गणतन्त्रवादीसँग र कोहीले राजतन्त्रवादीसँग गठबन्धन गरिरहेको भन्दै सम्मानित नेता खनालले नेपालमा यसले लामै समय लिने आफूलाई लागेको बताए ।

आगामी चुनावमा पनि एकल बहुमत ल्याउन व्यावहारिक कठिनाइ भएकाले दलहरु कुनै न कुनै रुपमा गठबन्धन गरिरहेको पनि उनले स्मरण गराए । खनालले २०७४ सालको निर्वाचनमा पनि दुई ठूला बामपन्थी दलहरुबीच गठबन्धन भएरै करिब दुई तिहाईको जनमत आएको बताए ।

उनले भने, ‘गठबन्धनको प्रक्रिया भनेको त नेपालमा अब सुरु भयो हेर्नुस् । यो लामै समय जारी रहन सक्छ । म एकल बहुमत ल्याउछु । र, एकल सरकार बनाउँछु भन्ने कुरा अलि दुर्लभ छ नेपालको लागि । हामीले जुन खालको संविधान बनाएका छौं । हाम्रा आकांक्षा चाँही छन हेर्नुुस् । बहुमत हामी ल्याउँछौं भन्ने आकांक्षा चाँही छ । तर, त्यो आकांक्षाले मात्रै काम गर्दैन । व्यवहारिकतामा त्यो निकै कठिन छ । नेपालमा ठूल्ठूला प्रगति गठबन्धनबाटै भएका छन । २००७ सालको पनि सबै पार्टी मिलेर भएको हो । २०४६ सालमा पनि सबै पार्टी मिलेरै हो । ०६२र६३ मा पनि सबै पार्टी मिलेर परिवर्तन सम्भव भएको हो । अनि, संविधान बनाउँदा पनि सबै पार्टी मिलेर बनाइएको हो ।’

ताजा अपडेट

खोजी गर्नुहोस