प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल सकिएपछि नयाँ निर्वाचन प्रक्रिया सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन २, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज २, काठमाण्डौ । प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल गएरातिदेखि सकिएपछि नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छ । आजदेखि राजनीतिक दलहरुलाई समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि दलहरुले समानुपातिकतर्फको बन्दसूची असोज ३ गते भित्र बुझाइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

आगामी निर्वाचन संघीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुनेछन् । दलहरुले निर्वाचित हुने कूल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार पार्नुपर्छ । त्यसमा ५० प्रतिशत महिला र समावेशी प्रतिनिधित्व अनिवार्य गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस