आज गणेशमान सिंहको २५औँ स्मृति दिवस मनाइँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ आश्विन २, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज २, काठमाण्डौ । आज गणेशमान सिंहको २५औँ स्मृति दिवस मनाइँदैछ । उहाँको शालिकमा माल्यार्पण एवम् पुष्पगुच्छा अर्पण गरेर नेपाली कांग्रेसले स्मृति दिवस मनाउन लागेको हो । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनमा गरेको नेतृत्वका कारण उहाँलाई सर्वोच्च कमाण्डर मान्ने गरिन्छ ।

२०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गर्नुभएको थियो । १९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस