संबिधान दिवसलाई कालो दिन भन्दै लोसपाद्धारा वीरगंजमा प्रदर्शन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ आश्विन ३, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले संविधान जारी भएको असोज ३ गतेलाई कालो दिन भन्दै वीरगंजमा सोमबार प्रदर्शन गरेको छ । सरकारले सोमबार असोज ३ गते संविधान दिवस मनाई रहँदा लोसपाले भने कालो दिन भन्दै वीरगन्जमा प्रदर्शन गरेको हो ।लोसपा पार्टी कार्यालयबाट नेता कार्यकर्ताहरुको सहभागितामा निकालिएको विरोध जुलुश नगरको परिक्रमा पछि घणटघर चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

विरोधसभालाई सम्बोधन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता शशीकपुर मियाँले मधेसी जनताको छातीमा गोली हानेर बनाईएको संविधान अधुरो र अपुरो रहेको बताए । उनले मधेस विद्रोहका एजेन्डा र मधेसीका सबै अधिकार संविधानमा नसमेटिए सम्म असोज ३ लाई लोसपाले कालो दिनका रुपमा मनाइरहने बताए ।

मधेसी जनताको अधिकार बञ्चित गरिएको संविधान आफूहरुलाई मान्य नहुने पनि उनले बताए । उनले भने, मधेस आन्दोलन र मधेसी जनताकै दबाबका कारण संविधान सभाको निर्वाचन भयो तर संविधान जारी गर्ने बेला को तर काँग्रेस, माओवादी र एमालेले मधेशसी जनताको अधिकार संविधानमा समेटेनन् , मधेसीको छातीमा गोली ठोकेर जबरजस्ती संविधान जारी गरे । उनले संविधान संशोधन गरि मधेसी, मुश्लिम, जनजाति , दलित , महिलाको अधिकार नसमेटे सम्म असोज ३ लाई लोसपाले कालो दिनकै रुपमा मनाइरहने स्पष्ट पारे ।

लोसपाका वीरगंज महानगर उपाध्यक्ष शेख फिरोजको अध्यक्षतामा भएको कार्यक्रममा लोसपाका केन्द्रीय सदस्य रामचन्द्र पण्डित ,नेताहरु अनिरुद्र कलवार, विक्की पटेल,सुरज पटेल लगायतको सहभागीता थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस