आज सुनको मूल्य तोलामा ४०० ले बढ्यो, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ आश्विन ४, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ४, काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । योसँगै सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

हिजो सोमबार भने सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुनको मूल्य ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार १८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १७५ रुपैयाँमा किनबेच भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस