भारतमा चट्याङ लागेर २१ किसानको मृत्यु

असोज ४, बिहार । भारतको पूर्वी राज्य बिहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा २१ जनाको मृत्यु भएको छ।
बिहारको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक अधिकारीले मंगलबार टेलिफोनबाट सो घटनाको पुष्टि गरेका हुन् । कृषिकर्ममा व्यस्त भएका बेलामा उनीहरूको ज्यान गएको हो ।

बिहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै उनले पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जनाले ज्यान गुमाएका जानकारी दिएका छन्।

संम्बन्धित समचार

Leave a Reply