असोज ६ देखि अस्थायी मतदाता नामावली संकलन हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन ४, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज ४, काठमाण्डौ । आगामी प्रतिनिधि सभा चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फ अस्थायी मतदाताले मतदान गर्न पाउने भएका छन्। नेपाली सेना‚ प्रहरी‚ सशस्त्र प्रहरी‚ निर्वाचनमा खटिने कर्मचारी‚ थुनुवा र कैदी तथा सरकारको स्वीकृति लिई सञ्चालित वृद्धाश्रममा रहेका व्यक्तिले मतदान गर्न पाउनेछन्।

जसका लागि ती व्यक्ति रहेको कार्यालयले जिल्ला निर्वाचन कार्यालयमा अस्थायी मतदाता नामावली दर्ताका लागि सिफारिश गर्न सक्ने आयोगले जनाएको छ। नामावली दर्ता असोज ६ देखि ८ गतेसम्म गर्न सकिनेछ।

ताजा अपडेट

खोजी गर्नुहोस