धोबीघाटको आगलागीमा घाइते ३ जनालाई कीर्तिपुर अस्पताल लगियो

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ आश्विन ५, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आश्विन ५,ललितपुर । ललितपुरको धोविघाटमा रहेको कवाडी गोदाममा आगलागी हुँदा घाइते भएका ३ जनालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

आगलागीमा परेर चितवनका ३० वर्षिय गणेश गुरूङ तथा भारतीय नागरिकहरु ६४ वर्षका नारायण पोदार र ४० वर्षिय रामआशिष साह घाइते भएका थिए । अनुहारसमेत जलेका पोदारको अवस्था गम्भिर रहेको छ ।

आगलागीमा जलेका उनीहरुलाई तत्कालै उद्धार गरेर स्टार अस्पताल सानेपामा लगिएको र त्यहाँ प्राथमिक उपचारपछि कीर्तिपुर पठाइएको ललितपुर प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस