राजिव लामाले म्यूज़िक भिडियोबाट नै जापानको टोक्यो सहर देखाए ! (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ जेष्ठ २४, बिहिबार (६ साल अघि)
  • ३७ पटक पढिएको
Post Thumbnail

जेठ २४,जापान । बिगत १२ वर्ष यता लामो समय देखि जापानको नागोया सहरमा बसोबास गर्दै आएका राजिव लामाले आफ्नो तेस्रो पटक को “टोक्यो सहरमा” बोल गीतको म्यूज़िक भिडियो यूट्यूबमा ‘हाइलायट्स नेपालको च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त भिडियोमा लामा आफै मोडेलको रोलमा छन भने फ़ीमेल मोडेलमा टोक्यो मै बिगत १८ वर्ष अघिदेखि बस्दै आएकी आएकी आनजी शेर्पा को भूमिका रहेको छ, म्यूज़िक भिडियोको छायांकन भने अहिलेकै बहु चर्चित युवा बिशेष पाण्डेले गरेका छन ।

राजिव लामाको आफ्नै शब्द , संगीत अनि स्वरमा सजिएको यो गीत नेपालको लागि बिलकुलै फरक तरिकाले प्रस्तुत गरेको छ, जबकि नेपालमा EDM स्टाइलको गीत एकदमै विरलै बनेको छ, यो गीतको संगीत समयोजनको पक्षलाई हेर्ने हो भने, वेस्टर्न म्यूज़िकको भनदा कम छैन, जनै म्यूज़िक विडीओले नेपालको EDM गीतको ट्रेन्डमा ठूलो भविश्य देखाएको छ । म्यूज़िक भिडियोलाई टोक्योको लोकप्रिय ठाऊहरू शिबुयाको पेडेस्टारीयन क्रसिंग, ओदाईबा, सिनज्यूकु, मेट्रोपोलिटान गवर्न्मेंट बिल्डिंग टावर, मिडलंड स्क्वेर टावर, उचुमी बिचमा शूटिंग गरीएको छ ।

पहिलै देखि को ड्रीम लवर जो चाहि जापानको टोक्यो सहरमा थियो-जसलाई भेटेर जीवनभर संगै खुशिको साथ जिउनको निमित त्यो सुन्दर, हिमाल, पहाड अनि तराई छाडी मिठो माया पाउने आशामा जापान सम्म पुगेको, अर्को अर्थ मा ‘मायामा दूरीले कहिलै पनि फरक पार्दैन भन्ने कुरा नि देखाएको छ ।

राजिव लामा संग सामाजिक संजाल मा कनेक्ट गर्नको लागि तल को लिंक लाई फ़लो गर्नु होला ।

ताजा अपडेट

खोजी गर्नुहोस