वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाइने

Post Thumbnail

असोज ६, काठमाण्डौ । काठमाण्डौको वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाइने भएको छ । काठमाण्डौ महानगरपालिकाले फर्मेसी सञ्चालकलाई हिजो २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको थियो । तर फार्मेसी सञ्चालकले तत्कालै हटाउन नसकिने बताएका छन् ।

महानगरका प्रहरी प्रमुख राजु पाण्डेले आज दिउँसो १ बजेसम्म औषधि पसल नहटाए डोजर लगेर महानगर आफैँले हटाउने जानकारी गराएको बताउनुभएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस