निर्वाचन आयोगद्वारा निर्वाचन अधिकृतहरू नियुक्त, असोज ११ गतेदेखि लागू हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन ६, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज ६, काठमाडौ । निर्वाचन आयोगले मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ । आयोगले आज १६५ वटै निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको हो ।

जसमध्ये ७७ वटै जिल्लाका जिल्ला न्यायाधीशहरूलाई सम्बन्धित जिल्लाकै मुख्य निर्वाचन अधिकृत बनाइएको छ । यस्तै नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीहरू निर्वाचन अधिकृतको पदमा नियुक्त भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस