वीर अस्पताल अगाडिका टहरामा महानगरको डोजर चल्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन ६, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ६, काठमाण्डौ । काठमाडौं महानगरले वीर अस्पताल अगाडि रहेका टहरा औषधि पसल हटाउन थालेको छ । बिहीबार महानगरले ती टहरामा ‘डोजर’ चलाएको छ । बुधबार महानगरपालिकाले सूचना जारी गर्दै २४ घण्टाभित्र पसल तथा टहरा हटाउन निर्देशन दिएको थियो ।

त्यही निर्देशन अनुसार उक्त स्थान खाली गर्न सुरु गरेको महानगरपपालिकाका प्रहरी प्रमुख, राजुनाथ पण्डेले नेपाल लाइभलाई बताए।
नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले त्यस्ता टहरा हटाउन सूचना जारी गरेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस