अनुमति नलिइ कर्मचारीको सरुवा नगर्न सरकारलाई आयोगको निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन ७, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ७, काठमाण्डौ । निर्वाचन आयोगले अनुमति नलिइ कुनै पनि कर्मचारीको सरुवा नगर्नरनगराउन सरकारलाई निर्देशन दिएको छ । साथै आयोगले सरुवा भइसकेका कर्मचारीलाई रमाना दिइ असोज ९ गते अर्थात पर्सिसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

आयोगले हिजोदेखि अस्थायी मतदाता नामावलीमा कर्मचारीहरुको नाम समावेश गर्ने प्रक्रिया सुरु गरेकाले कर्मचारी सरुवा हुँदा लगत लिन समस्या हुने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस